लुम्बिनी अञ्चल नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं-९, बेलाटारीमा अवस्थित यस त्रिभुवन माध्यमिक विद्यालय यस जिल्लाको दक्षिण पूर्वी भेग पवित्र त्रिवेणी धामको सन्निकटमा रहेको छ । नेपालको मेरुदण्डको रुपमा मानिने महेन्द्र राजमार्गलाई जोड्ने त्रिवेणी, बर्दघाट तथा त्रिवेणी परासी हुलाकी मार्ग संग सन्निकट रहेको यस विद्यालयमा आवागमनको सुविधा प्रयाप्त छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने पवित्र नदि नारायणी, त्रिवेणीधाम, बाल्मिकी आश्रमको नजिक रहेको छ । यस क्षेत्रका बहुसंख्यक व्यक्तिहरुले कृषि व्यवसायलाई नै प्रमुख बालिको रुपमा उँखु बाली रहेको हुँदा दुईवटा ठुला चिनी मिल सञ्चालनमा रहेका छन्। यहाँ उष्ण मनसुनी हावापानी पाइनाले यस क्षेत्रमा साल, सिसौ, आँप, लिचि, कटहर जस्ता फलफूलका साथै उष्ण सदाबहार वनजंगल पाइन्छ । त्रिभुवन मा.वि। बेलाटारी समुन्द्र सतहदेखि करिब ५०० मीटरको उचाइमा रहेको यस क्षेत्रमा ग्रीष्ममा न्यूनतम २४ देखि अधिकतम ४२ डिग्री सम्म र हिउंदमा न्यूनतम ६ डिग्री देखि १८ डिग्री सम्म तापक्रम पाइन्छ । वर्षाको हिसाबले यो क्षेत्रमा हिउँदे याममा ४० से।मी। र ग्रीष्ममा २७५ से।मी। भन्दा बढी बर्षा भएको पाईन्छ।
मानव बसोबासको हिसाबले विभिन्न जातजातिहरु थारु, राजभर, गुप्ता, चमार, दुसाध, मुसहर, कुर्मी, धोबी, बाहुन, क्षेत्री आदिको बाहुल्यता रहेको छ । धार्मिक हिसाबले यो क्षेत्र हिन्दु, बौद्ध, क्रिश्चियन, मुसलमान जस्ता धार्मिक आस्थावान भएतापनि धार्मिक सहिष्णुता रहेको पाइन्छ ।
यस त्रिभुवन मा.वि. बेलाटारीको स्थापना प्रतापपुर गा.वि.स. निवासी स्व. निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र.अ.को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।
२०२८ सालको नयां शिक्षा योजना अनुसार यस विद्यालयलाई जिल्लामा पांचौ मा.वि.स्तरको स्वीकृति प्राप्त भयो । तत्पश्चात विद्यालय संचालनमा आवश्यक विभिन्न शैक्षिक एंव भौतिक सुविधा जुटाउंदै २०५१ सालमा प्राथमिक स्तर अलग्गै सञ्चालन गर्न विद्यालयको दक्षिण तर्फ ०–४–० कठ्ठा जग्गामा पक्की भवनको सिलान्यास गरी पठनपाठन कार्य सुरु गरियो । आ.प्रा.शि.प. अन्तर्गत आ.व. २०५६÷०५७ मा २ वटा ब्लक र प्रतापपुर गा.वि.स. एंव विद्यालयको आन्तरिक श्रोतबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न भयो ।
यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०+२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु.४ लाख संकलन गरी २०५३÷०३÷२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।
२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा.वि. भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा.वि. मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि.टी.इ.भी.टी.बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।
यस त्रिभुवन मा।वि। बेलाटारीको स्थापना प्रतापपुर गा।वि।स। निवासी स्व। निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र।अ।को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।
यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०ं२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु।४ लाख संकलन गरी २०५३/०३/२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।
२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा।वि। भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा।वि। मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि।टी।इ।भी।टी।बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।