लुम्बिनी अञ्चल नवलपरासी जिल्लाको प्रतापपुर गाउंपालिका वडा नं.९ बेलाटारीमा अवस्थित यस त्रिभुवन माध्यमिक विद्यालय यस जिल्लाको दक्षिण पूर्वी भेग पवित्र त्रिवेणी धामको सन्निकटमा रहेको छ । नेपालको मेरुदण्डको रुपमा मानिने महेन्द्र राजमार्गलाई जोड्ने त्रिवेणी, बर्दघाट तथा त्रिवेणी परासी हुलाकी मार्ग संग सन्निकट रहेको यस विद्यालयमा आवागमनको सुविधा प्रयाप्त छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने पवित्र नदि नारायणी, त्रिवेणीधाम, बाल्मिकी आश्रमको नजिक रहेको छ । यस क्षेत्रका बहुसंख्यक व्यक्तिहरुले कृषि व्यवसायलाई नै प्रमुख बालिको रुपमा उंखु बाली रहेको हुंदा दुईवटा ठुला चिनी मिल सञ्चालनमा रहेका छन् । यहां उष्ण मनसुनी हावापानी पाइनाले यस क्षेत्रमा साल सिसौ आंप, लिचि, कटहर, जस्ता फलफूलका साथै उष्ण सदाबहार वनजंगल पाइन्छ ।